मोदीको विरोधमा उत्रिए कांग्रेसका गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्ने समूह र राजनीतिक दलको समर्थनमा कडा प्रक्रिया दिएका छन् ।

सांसद रहेको कांग्रेस नेता थापाले मोदीको विरोधमा कार्यक्रम गर्ने विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले नाकाबन्दीको विरोधी ब्यानर च्यातेकोमा आपत्ति जनाएका छन् ।

संविधानले दिएको फरक मत राख्न पाउने र अहिंसात्मक विरोध गर्न पाउने अधिकारविरुद्धको सो कार्य निन्दनीय भएको थापाले जनाएका छन् ।

‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चत गरेको छ । त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सिर्जनात्मक विरोध पनि सहन नसक्ने ?’, थापाले सामाजिक सञ्जालमार्फत कडा प्रक्रिया दिँदै भनेका छन्, ‘विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो ।’

प्रहरीले शुक्रबार दिउँसो ललितपुर बखुन्डोलस्थित सो विवेकशील साझाको केन्द्रीय कार्यालयबाट नाकाबन्दीको विरोध गरिएको तुल झिकेको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी माधव पन्थले सरकारको नीतिअनुसार तुल झिकिएको बताएका छन् ।

विवेकशील साझा पार्टीलाई पश्चिमा राष्ट्रहरूको आर्थिक सहयोगमा चलेको आरोप लाग्दै आएको छ ।

Published : Friday, 2018 May 11, 9:03 pm

1 प्रतिकृया प्राप्त “मोदीको विरोधमा उत्रिए कांग्रेसका गगन थापा”

  • य गगन थापा पनि पश्चिमा राष्ट्रहरूको आर्थिक सहयोगमा काम गर्दै आएको मान्छे हो। यो कांग्रेस होइन। यसले आफ्नो स्वार्थको लागी कांग्रेस लाई सकाउने छ। यो मञ्चर भन्दा ठूलो अवसरवादी यो देश मा अरु कोही छैन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया