ओलीले मोदीलाई दिएको यो गोप्य उपहार !

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेनद्र मोदीको पोशाकलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । पोशाक मिल्नु संयोग मात्रै होइन ।

कुटनीतिक परम्परा र आपसी सम्बन्धलाई निकटता ल्याउन प्रधानमन्त्री ओली नै भारतीय प्रधानमन्त्री मोदीलाई पोशाक नयाँदिल्ली पठाइदिएका हुन् । सोही कारण ओली–मोदीको पोशाक मिल्न पुगेको हो ।

एमालेका नेता डा.राजन भट्टराईले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा लगाएको पोशाक नेपालबाट प्रधानमन्त्री ओलीले पठाइदिएको खुलासा गरेका छन् ।

शुक्रबार ओली र मोदीको पोशाक मिलेको भनेर आलोचना हुनुका साथै दुई भाई भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो ।

ओलीले नै हातले बुनेका पोशाक तयार पार्न आदेश दिएका थिए । त्यसपछि आफ्ना लागि एक सेट र मोदीका लागि अर्को सेट दिल्ली पठाएका हुन् ।

भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अरु मुलुकहरूमा पनि रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदी नै उपहार दिएका थिए ।

Published : Saturday, 2018 May 12, 10:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया