एमालेसंग मिल्ने निर्णयमा माओवादीका टप नेताको विद्रोह

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकीकरण प्रक्रियाको विरोध गर्दै माओवादी केन्द्रका प्रभावशाली एक नेताले विद्रोह गर्ने संकेत गरेका छन् ।

माओवादीका नेता मणि थापाले पार्टी एकतामा आफ्नो आलोचनात्मक समर्थन रहेको बताएका छन् । थापाले एमालेसँग हुन लागेको पार्टी एकतालाई रुचाएका छैनन् । उनी जस्ता थुप्रै नेताहरूले पनि एमालेसँगको पार्टी एकीकरणलाई मन पराएका छैनन् ।

खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा थापाले आफूले आलोचनात्मक समर्थन गरेको बताए ।

एकता हुनु स्वागतयोग्य भएपनि एकताप्रति आफ्नो आलोचनात्मक समर्थन रहेको थापाले बताएका थिए ।

Published : Wednesday, 2018 May 16, 10:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया