प्रचण्डले माओवादीलाई एमालेमा मर्ज गराएः बाबुराम भट्टराई

पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पार्टी चलाउन नसकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा ‘मर्ज’ गरेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई वर्ष अगाडि प्रचण्डलाई आफूले नयाँ समाजवादी र वैकल्पिक शक्ति बनाउन सुझाव दिएको बताए । तर प्रचण्डले त्यस बेला आफ्नो सुझाव नमानेको भट्टराईले बताए । ‘माओवादी पार्टी थाम्न नसेकर प्रचण्डले एमालेमा ‘मर्जर’ गर्नुभयो’, उनले भने ।

सत्ता र स्वार्थका एमाले–माओवादीबीच एकता भएको भन्दै एकता धेरै नटिक्ने संयोजक भट्टराईले टिप्पणी गरे । ‘एकीकृत पार्टी सधैंभरि पाँच वर्षसम्म चल्ला त्यसपछि चल्दैन’, उनले भने । ‘यो ‘मर्जर’ले पाँच वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन’, उनले भने, ‘यही साइजमा रहँदैन ।’

संयोजक भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देशको ठूलो पार्टी भए पनि जनताको आवश्यकता पूर्ति गर्न नसक्ने बताए ।

उनले विश्वमा नै अहिले दुई धारको राजनीति रहको बताउँदै ती दुई धारभन्दा फरक भएर नयाँ शक्ति आएको उल्लेख गरे ।

Published : Saturday, 2018 May 19, 4:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया