बालुवाटारभित्रै प्रवेश गरेर ओलीको सातो लिने ‘टाइगर’ नेता

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर असहमति जनाएका छन् ।

रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी आफ्ना असन्तुष्टि पोखेका हुन् । अपरान्ह ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका रावलले खुल्लमखुल्ला चुनौती दिँदै निर्णयहरूमा सुधार नभए जे पनि हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।

‘उहाँले अध्यक्षलाई भेटी आफूहरू जस्तो पनि कदम चाल्न सक्ने चेतावनी दिनुभयो’, स्रोतले जनाएको छ । अध्यक्ष ओलीले आफूहरूसँग कुनै परामर्श नगरी निर्णय गरेको, पारदर्शिता नदेखाएको र पाखा लगाउने काम गरेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

बालुवाटारमा रावलले ओलीसँगै नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गरेका थिए ।

उनीहरूले रावलको उठाएको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएको स्रोतको भनाइ छ । नेता रावलले पार्टीमा पर्याप्त छलफल नगरी माओवादी केन्द्रसँग पार्टी एकता गरेको तथा आफूसहितका प्रभावशाली नेताहरूलाई स्थायी समिति सदस्यमा मात्र सीमित गरेको आरोप लगाएका छन् ।

४० जना मनोनीत केन्द्रीय सदस्यमा चयनमा आफूहरूसँग कुनै छलफल नगरेको भन्दै रावलले आफ्ना मानिसहरूलाई ओलीले पाखा लगाएको आरोप लगाएका छन् । उनले सरकारबाट गरिने राजनीतिक नियुक्तिमा पनि बाइपास गरेको गुनासो गरेका छन् ।

Published : Sunday, 2018 May 20, 8:46 pm

5 प्रतिकृया प्राप्त “बालुवाटारभित्रै प्रवेश गरेर ओलीको सातो लिने ‘टाइगर’ नेता”

  • यो ५ लाख संगठित कार्यकर्ताको पार्टी हो ओलि जि ! ख्याल् रहोस्

  • एकदमै जायज
    यथार्थ कुरा दर्शाउनु भो

  • vim rawal nepaalko sabaibhanda ramro netaa hun jo kp parchanda baburam madhab nepaal khanaal ko lebel ka netaa hun umle bata pm hune neta kp paxi yinai hun kp le inmathi atyaachaar gareko xa

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया