दाङ कांग्रेस बलियो बनाउन चौघेरामा विशेष बैठक

घोराही । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएका बेला नेपाली कांग्रेस दाङले संगठन सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ ।

कांग्रेसको पार्टी सुदृढीकरण अभियान कार्यक्रम अन्तर्गत आइतबार साबिक घोराही वडा नं. ४ चौघेरामा कांग्रेस नेता तथा कार्यकर्ताहरूले भावी कार्यक्रमका बारेमा छलफल गरेका छन् । बैठक चौघेरास्थित गोरक्षा रत्ननाथ बाबाको मन्दिर परिसरमा बसेको थियो ।

दाङ कांग्रेसका प्रतिनिधि निर्मल न्यौपानेसहितका नेताहरूको उपस्थिति रहेको बैठकमा पार्टीलाई सांगठनिक रुपमा मजबुद बनाउने निर्णय भएको छ ।

कांग्रेसको आन्तरिक कमजोरीलाई पनि सुधार गरेर अबका दिनमा पार्टीलाई एकढिक्का बनाएर जाने निर्णय पनि भएको छ ।

बैठकमा कम्युनिस्ट पार्टीहरू मिलेको सन्दर्भमा कांग्रेसलाई बलियो बनाएर लैजाने रणनीतिका विषयमा स्थानीय नेताहरूले गम्भीर रुपमा छलफल गरेको युवा नेता खेमराज विश्वकर्माले जानकारी दिए ।

 

Published : Sunday, 2018 May 20, 9:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया