नाकाबन्दीका बेला प्रतिकारमा उत्रिएका न्यौपाने सदस्यमा मनोनीत

काठमाडौं । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

प्रतिनिधि सभा निर्वाचन अगाडि काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा विशेष कार्यक्रम गरेर चुरेभावर राष्ट्रिय एकता पार्टीलाई एमालेमा समायोजन गरिएको थियो ।

त्यस बेलाको सहमतिअनुसार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सो पार्टीका अध्यक्ष न्यौपानेलाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

तत्कालीन चुरेभावर पार्टीले पाँचजना केन्द्रीय सदस्य माग गरेको थियो । तर, एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणले गर्दा चुरेभावर पार्टीलाई एउटा मात्रै केन्द्रीय सदस्य भागमा परेको छ ।

अध्यक्ष ओलीले बाँकी नेताहरूलाई विभाग लगायतका विभिन्न स्थानमा समायोजन गर्ने आश्वासन दिएको तत्कालीन चुरेभावर पार्टीका कोषाध्यक्ष समेत रहेका नेकपाका नेता विदुर घिमिरेले जानकारी दिए ।

भारतको नाकाबन्दी र मधेस केन्द्रित दलहरूले आन्दोलनका बेला सर्वसाधारण नेपालीहरूले समस्या भोगिरहेका बेला तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टीले मधेस केन्द्रित दलहरूको प्रतिकार गरेको थियो ।

सर्लाहीमा चुरेभावर पार्टीको प्रतिकारपछि मधेस केन्द्रि दलका नेताहरू रातारात सीतामढी हुँदै दिल्ली पुगेका थिए । केही नेताहरू काठमाडौंबाट नयाँ दिल्ली पुगेर आन्दोलनलाई मत्थर बनाएका थिए ।

Published : Tuesday, 2018 May 22, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया