नेशनल लाइफमा ठूलो घोटाला

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक लगानीकर्ताको शेयर विवाद चुलिएको बेला धितोपत्र बोर्डले हकप्रद सेयरको स्वीकृती दिएर अर्को समस्या थपेको छ ।

यसअघि संस्थापक लगानीकर्ताबीच शेयर बाँडफाँडका विषयमा विवाद देखिएपछि बोर्डले लाभांश वितरणमा रोक लगाएको थियो । सिल्केड नामको कम्पनीले शेयर नामसारीका निम्ति कम्पनीमा निवेदन दिएको थियो । त्यसको विवाद अझै मिलेको छैन । तर, सेयर विवाद नमिल्दै नेशनल लाईफ इन्स्योरेन्सलाई धितोपत्र बोर्ड र समितिको मिलेमतोमा हकप्रद जारी गर्न अनुमति दिइएको छ ।

विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने समितिले हकप्रद सेयर स्वीकृतिका लागि पत्र नपठाएको तर नियमअनुसार काम गर्नु भनी लिखित रुपमा जानकारी गराइएको बताए । उनले आफूहरुको काम सेयर स्वीकृत गर्ने नभएको पनि बताए । तर, यो बीचमा सेटिङ मिलाएर १ः६० सेयरको हकप्रद जारी गर्न धितोपत्र बोर्डले अनुमती दिएको छ ।

एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका कम्पनीको शेयर खरिद बिक्री हुँदा नियामक निकायको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकाले कम्पनीको २०१७ मा शेयर खरिदका लागि सिल्केडले निवेदन दिएको थियो । सिल्केडको २ दशमलव १५ प्रतिशत संस्थापक शेयर रहेको छ ।

केही समय अघि अजेन्द्र सिंहले बेलायतमा दर्ता गरेको सिल्केडको नाममा धेरै अघि शेयर किने पनि हालसम्म शेयर स्वामित्व नदिएको भन्दै बोर्डमा उजुरी हालेका थिए । तर अहिले बोर्डले स्वीकृति दिएसँगै अजेन्द्र झन समस्यामा परेका छन् ।

यसअघि ‘कम्पनीको शेयरका विषयमा विवाद छ, शेयर बाँडफाँड नमिलेसम्म बोनस शेयर बाँड्न मिल्दैन भनेको बोर्डले एकाएक अहिले हकप्रद जारी गर्न अनुमति दिएर विवाद निम्त्याएको हो । सिल्केडले विक्री गरेको शेयर स्वामित्वका बारेमा जानकारी बोर्डले जानकारी समेत मागेको थियो । बोनस शेयर बाँडफाँड नभइ हकप्रद शेयर दिन मिल्दैन ।

नेसनल लाइफ इन्स्योरेन्सका संस्थापक शेयर पनि सिल्केडको नाममा आएको छैन । यसअघि ४५ प्रतिशत रहेको नेपाली संस्थापकको शेयर अहिले बढेर ५२.८५ प्रतिशत पुगेको छ । विदेशी लगानी १० प्रतिशतबाट झरेर २.१५ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको १० र सर्वसाधारणको ३५ प्रतिशत लगानी रहेको छ । पूर्व राजपरिवारका सदस्यको लगानीमा स्थापना भएको नेसनल लाइफ इन्स्योरेन्समा स्वदेशी र विदेशी दुवै संस्थापक लगानीकर्ता रहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2018 May 24, 2:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया