कम्युनिस्ट मिलेर हारेका हौं भन्नुहुन्न, कांग्रेसले जित्नुपर्छः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै कांग्रेसले एक पटक आफूतिर फर्केर हेर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा उनले अहिलेको कमजोरीलाई ढाकछोप गरेर गएमा फेरि पनि कांग्रेसले जित्न नसक्ने बताए ।

‘एक पटक आफूतिर फर्केर हेरौं’, उनले भने, ‘यसलाई हेरेनौं र ढाकछोप मात्र गरेर गयौं भने फेरि पराजित हुन सक्छौं । आफूभित्र के कमजोरी भयो । संगठनको कलपूर्जा कहाँ बिग्रियो ? यसको लेखाजोखा गर्नैपर्छ ।’

कम्युनिष्ट पार्टीहरू मिलेकाले चुनाव हार्‍यौं भन्न कांग्रेसले नसुहाउने पौडेलले बताए । ‘चुनावमा नेपालमा दुईवटा पक्षको लडाइँ हो । कम्युनिस्ट मिलेर हारेका हौं भन्नुहुन्न । कम्युनिस्टलाई कांग्रेसले जित्नुपर्छ’, उनले भने, ‘साम्यवादी शक्तिसँग लोकतान्त्रिक शक्तिको विजय हुनुपर्छ । नेपालमा उल्टो भइरहेको छ ।’

नेपालमा कांग्रेसको सिद्धान्तले जिते पनि संगठन पराजित भएको पौडेलले बताए ।

Published : Friday, 2018 May 25, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया