यी हुन् एमालेका पुराना गुन्डा नाइके बस्नेत, देखिए क्लवको मञ्चमा

काठमाडौं । तत्कालीन एमाले निकट युवा संघ नेपालको पत्रकार सम्मेलनमा पुराना गुन्डा नाइके पर्शुराम बस्नेतलाई लामो समयपछि देखिएको छ ।

युवा संघले शनिबार रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुराना गुन्डा नाइके बस्नेत देखिएका हुन् । सार्वजनिक कार्यक्रममा देखिन नरुचाउने बस्नेत युवा संघका अध्यक्ष रमेश पौडेलसहितका पदाधिकारीहरूसँगै मञ्चमा बसेका थिए । बस्नेत युवा संघका उपाध्यक्ष पनि हुन् ।

विराटनगरमा विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै बस्नेतलाई प्रहरीले अहिले पनि निगरानीमा राख्दै आएको छ । तर, बस्नेतलाई तत्कालीन एमालेको मजबुद राजनीतिक संरक्षण छ ।

केही दिन अगाडि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्य मनोनीत हुनका लागि दौडधुप गरेका थिए । तर, बस्नेतलाई नेकपाको केन्द्रीय सदस्य बन्ने अवसर जुरेन ।

कुनै समय युथफोर्स मोरङको अध्यक्ष समेत रहेका बस्नेत र कांग्रेस निकट अभिषेक गिरीबीच राम्रो सम्बन्ध थियो । बस्नेत र गिरीले विराटनगरमा ठूलो आतंक मच्चाएका थिए । यद्यपि यी दुईको सम्बन्ध धेरै टिक्न सकेन । उनीहरूबीच ठेक्कापट्टामा मिलेर काम गर्थे ।

ठेक्कापट्टा, लेनदेन र गुन्डागर्दीमा कुरा नमिलेपछि गुन्डा नाइके बस्नेत र गिरीले एकले अर्कालाई सिध्याउने गरेर रणनीति बनाएका थिए । बस्नेतलाई अहिले पनि प्रधानमन्त्री केपी ओलीको संरक्षण रहेको युवा संघका एक नेताले बताए ।

करिब दश वर्षअघि बस्नेत र गिरीले ठेक्कापट्टाका साथै गुन्डागर्दी मिलेर गर्ने गर्थे । एउटा ठेकेदारबाट उनीहरूले करिब २५ लाख रकम लिएका थिए । तर, त्यो रकम बस्नेत समूहले गिरीलाई दिएनन् । त्यसपछि बस्नेत र गिरीबीच सम्बन्ध बिग्रिएको थियो ।

लगत्तै बस्नेत निकट एक व्यापारीलाई गिरीले पाँच लाख रकम माग गरेका थिए । उक्त रकम माग गरेपछि बस्नेतले गिरीलाई ती व्यापारी आफ्नो मान्छे रहेको र आफू निकटका व्यक्तिसँग त्यस्तो व्यवहार नगर्न धम्की दिएका थिए ।

गिरीले त्यसलाई अस्वीकार गर्दै तिम्रा व्यापारी को–को हुन् भनी लिष्ट मागेका थिए । ठेकेदार अशोक हुमागाइँको ठेक्कापट्टामै विवाद हुँदा बस्नेत समूहले गिरीलाई धारिलो हतियार प्रहार गरी घाइते तुल्याएका थिए ।

गुन्डा नाइके बस्नेतले आफ्ना कार्यकर्ता मुकेश बुढाथोकीको नेतृत्वमा मोरङ अदालतमा अर्का गुन्डा नाइके गिरीमाथि आक्रमण गर्न टोली खटाएका थिए ।

Published : Saturday, 2018 May 26, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया