सिद्धान्त छाडेका एमाले–माओवादी झुटको पार्टीः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रले स्वार्थका लागि आफ्नो सिद्धान्तलाई छाडेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको २७औं वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले दुबै कम्युनिस्ट पार्टीले स्वार्थका लागि सबै सिद्धान्तहरू छाडेको बताए ।

‘उनीहरू कम्युनिस्ट नै होइनन् । कम्यनिस्टका नाममा जनतालाई गुमराहमा राख्नेहरू हुन् । झुटको खेती गर्छन्’, नेता पौडेलले भने, ‘एमाले र माओवादीले केका लागि आन्दोलन गरेका थिए ? के उदेश्य राखेका थिए ? सबै छाडिसकेका छन् । उनीहरूले जनतालाई धोका दिएका छन् ।’

वरिष्ठ नेता पौडेलले भने, ‘एमाले र माओवादीले अन्तर्राष्ट्रिय जगतलाई झुक्काउन कुन दिन कम्यनिस्ट शब्द पनि हटाउँछन् हेर्दै जानु होला । यो धेरै दिन पर्खनु पर्दैन । उनीहरूले दुनियाँलाई झुक्काउँदै आएका छन् ।’

Published : Sunday, 2018 May 27, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया