नेविसंघले विद्या–ओलीको सिंहासन हल्लाइदियो, दनदन बल्यो पुत्ला
बुटवल । कम्युनिस्ट सरकारले हत्यारा बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रुपन्देहीमा प्रदर्शन गरेका छन् ।
सजाय मिनाहा गरेको विरोधमा राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्लासमेत जलाए ।
उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवी बस्यालले बताए ।
Published : Wednesday, 2018 May 30, 10:33 pm
यसमा तपाइको मत