नेविसंघ अब कम्युनिस्ट सरकारसँग सिधै भिड्ने, आयो कार्यक्रमहरू

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरका अनुसार वृद्धि भएको मूल्य वृद्धि फिर्ता गराउन सरकारलाई दवाव दिने उदेश्यले जेठ २३ गते बुधबार १ घण्टा चक्का जाम राखिएको छ । जेठ २२ गते सबै जिल्ला प्रशासनमार्फत कम्युनिस्ट सरकारलाई ज्ञापनपत्र बुझाइनेछ ।

प्रधानमन्त्री केपी ओलीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न स्वीकृति दिएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

मूल्य वृद्धिको जनस्तरबाट विरोध हुँदै आएको छ । नेविसंघले मूल्य वृद्धिको चर्को विरोध गर्दै आएको छ । नेपाली कांग्रेसले पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई चेतावनी दिइसकेको छ ।

मूल्य वृद्धि फिर्ता नभए सदन अवरोध गर्ने कांग्रेसको चेतावनी छ । तर, सरकारले मूल्य वृद्धि फिर्ता लिनेबारेमा केही तयारी गरेको छैन ।

Published : Tuesday, 2018 June 5, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया