उदयपुर कांग्रेसमा विभागहरूले पूर्णता पाए

उदयपुर । नेपाली कांग्रेस उदयपुरले रिक्त रहेको विभागलाई पूर्णता दिएको छ । नेपाली कांग्रेसको विद्यान १७ र नेपाली कांग्रेस नियमावली २०६८ मा व्यवस्था भए अनुसार नेपाली कांग्रेसको २०७५ जेठ २ गते बसेको जिल्ला कार्य समितिको बैठकले रिक्त विभागलाई पूर्णता दिएको हो ।

कांग्रेसको ४३ विभागलाई पूर्णता दिदै सल्लाहकार समितिमा अर्जुनकुमार खड्का, संगठन विभागमा मनोजकुमार बस्नेत, स्थानीय तह विकास विभागमा भीमचन्द्र राई, प्रचार प्रसार विभागमा मदनराज कटुवाल, लेखा परीक्षण विभागमा महेन्द्र प्रसाद रौनियारलाई संयोजक तोकिएको छ ।

अनुशासन समितिमा बीर्षबहादुर तामाङ, कार्यक्रम तथा समन्वय विभागमा राकेश खत्री,यातायात तथा व्यवस्था विभागमा सागदोर्जे तामाङ, प्रशासन तथा जनसम्पर्क विभागमा शिव कुमार कटुवाल, अनुगमन तथा मूल्यांकन विभागमा भुपिन्द्रबहादुर थापा, विद्यार्थी विभागमा लोक बहादुर कार्की, दलित विभागमा गडुलमान विक, कृषि तथा सहकारी विभागमा प्रेम कुमार राई, तरुण विभागमा सुमन्त कोइराला, खेलकुद विभागमा आनन्देव चौधरी, स्वास्थ्य विभागमा अर्जुन कुमार दाहाल, श्रमिक विभागमा विष्णु प्रसाद कोइराला, सांस्कृतिक विभागमा सरिता राई, महिला विभागमा विमला सुनुवार र आदिवासी तथा जनजाती विभागमा विमला राई मनोनीत गरिएको छ ।

Published : Tuesday, 2018 June 5, 12:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया