नवीनाद्वारा पत्रकार धम्काउन ‘केटाहरू’ परिचालन

काठमाडौं । तत्कालीन एमालेकी नेतृ एवम् सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आफ्ना कार्यकर्ताहरू प्रयोग गरेर नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीद्वारा सञ्चालित हाम्राकुरा डटकम नामक अनलाइनमा आक्रमणको प्रयास गरेकी छिन् ।

अधयक्ष लामाद्वारा भएको सो घटनाको नेपाल पत्रकार महासंघसहितका सञ्चारसम्बद्ध संस्थाहरूले भर्त्सना गरेका छन् ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरेर समाचारको विषयमा अनेरास्ववियुका नेताहरू अनलाइनको कार्यालयमा पुगेर समाचार हटाउन दिएका दवावको विरोध गरेका छन् ।

अध्यक्ष लामाको निर्देशनमा अखिलका केन्द्रीय सदस्य भुपेन्द्र शाहीको नेतृत्वमा एउटा समूह हाम्राकुरा डटकमको मुख्यालयमा पुगेर समाचार हटाउन दवाव दिएको थियो ।

हाम्राकुरा डटकमको व्यवस्थापनले गुण्डागर्दीको शैलीमा आएका युवाहरूले अध्यक्ष लामाविरुद्धको समाचार हटाउन पटक–पटक दवाव दिएको जनाएको छ ।

त्यस क्रममा अनेरास्ववियुका नेताहरूले अनलाइनका पत्रकारहरूलाई अभद्र व्यवहार गरेको विज्ञप्तिमा उल्लेख थिए ।

अध्यक्ष लामाले महँगीका विषयमा कुरा नउठाएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो । लामाले एकजना शुभेच्छुकलाई अपशब्द लेखेर गाली गरेको म्यासेञ्जरको स्क्रीनसर्टलाई हाम्राकुरा डटकमले समचार बनाएको थियो ।

त्यो समाचार आएपछि अध्यक्ष एवम् सांसद लामा आगो बनेकी थिइन् । उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई साइबर क्राइमको मुद्धा चलाउने धम्की समेत दिएकी छिन् ।

अध्यक्ष लामाले आफूलाई जोडेर कुनै पनि समाचार नलेख्ने चेतावनी पनि दिएकी छिन् । लामाले स्क्रीन सर्ट आफ्नो नरहेको दाबी गर्दै आएकी छिन् । उनले आफ्नो नक्कली आइडी बनाएर चरित्र हत्या गरेको बताउने गरेकी छिन् ।

Published : Friday, 2018 June 8, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया