केपी ओली संविधानभन्दा बाहिर गएपछि कांग्रेसले गरायो सचेत

विराटनगर । प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा गएर दिएको भाषणको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले प्रदेश सभामा गएर दिएको लामो–लामो भाषणको कांग्रेसले विरोध गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्रीले प्रदेशसभामा घण्टौं भाषण दिनु राम्रो अभ्यास नभएको टिप्पणी गरे ।

मंगलबार मोरङको जहदामा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकमा गरेको सम्बोधन संवैधानिक अधिकारभन्दा बाहिरको भएको बताए ।

‘संसदीय ब्यवस्थामा प्रधानमन्त्री प्रदेशको सदनमा गएर २–३ घण्टा लामो भाषण दिनु संघीय व्यवस्थाको मर्म विपरीत हो’, उनले भने ।

नेता कोइरालाले प्रधानमन्त्रीले संवैधानिक अधिकार मिच्दै गए लोकतन्त्र नै कमजोर हुनेसमेत बताए ।

उनले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले प्रदेशलाई दिएको बजेटले संघीयता चल्न नसक्ने पनि बताएका छन् ।

‘तिम्रो ९ प्रतिशत बजेटले प्रदेश सरकार चल्छ, यति थोरै बजेटले प्रदेश सरकारलाई टिकाउन सक्छौं ?’, उनले केन्द्र सरकारलाई प्रश्न गरे ।

नेता कोइरालाले केही वर्षपछि आफ्नै साधन स्रोत सञ्चालनमा आएपछि प्रदेशलाई कम बजेट दिए पनि प्रदेश चल्न सक्नेभन्दै अहिलेको बजेटले भने चल्न कठिन हुने बताएका हुन् । उनले प्रदेश सञ्चालनका लागि कम्तीमा पनि २० प्रतिशत वजेट दिनुपर्ने धारणा राखे ।

Published : Tuesday, 2018 June 12, 8:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया