बालुवाटारमा ओलीले दिए धम्की, सांसदहरूको ओठमुख सुक्यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले सांसदहरूलाई वजेट र मन्त्रीहरूविरुद्ध जथाभावी नबोल्न चेतावनी दिएका छन् ।

काठमाडौंमा शनिबार अचानक बसेको संसदीय दलको बैठकमा ओलीले संसदमा संयम भएर वजेटमाथिको छलफलमा सहभागी हुन निर्देशन दिए । ओलीले वजेटमाथि कुनै असन्तुष्टि रहे पार्टीभित्र राख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा आफ्नै सांसदहरूले वजेटमा फिक्सिङ गर्ने मन्त्रीहरूलाई जेल हाल्न माग गरेपछि ओलीले जथाभावी नबोल्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले चेतावनीयुक्त शैलीमा दिएको धम्कीले सांसदहरू तर्सित भएको एक सांसदले जानकारी दिए । ‘प्रधानमन्त्रीले निर्देशन दिएपछि संसदमा कसरी सरकारको आलोचना गर्ने ?’। स्रोतले भन्यो, ‘अब वजेट, सरकार र मन्त्रीहरूको आलोचना हुँदैन ।’

भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै ओलीले सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताए ।

Published : Saturday, 2018 June 16, 7:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया