मुक्तिनाथमा चल्यो नरेन्द्र मोदीको जादु, पहिलो पटक योग

पोखरा । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणापछि नेपाल भ्रमण गरेर फिर्ता भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणको साइड इफेक्ट देखिन थालेको छ । भारतीय पर्यटकहरू पनि मुक्तिनाथमा आउने क्रम ह्वात्तै बढेको छ ।

मोदीको भ्रमणसँग पवित्र धार्मिकस्थल मुक्तिनाथको पहिचान फेरिएन थालेको छ । मुक्तिनाथ जाने पर्यटकको संख्या ह्वात्तै बढेको । साथै मुक्तिानाथ मन्दिरको स्वरुप पनि बदलिएको स्थानीयको भनाइ छ । यति मात्र होइन मोदी भ्रमणपछि मुक्तिनाथमा नियमित योग गर्न थालिएको छ ।

स्वास्थ्यका लागि अति आवश्यक तथा शान्तिका लागि योग महत्वपूर्ण मानिन्छ । योग प्रेमी भारतीय प्रम मोदी आएपछि मुक्तिनाथमा ठूलो संख्यामा उपस्थित भएर बिहान नियमित योग गर्न थालिएको छ ।

योगमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक पनि सामेल हुने गर्छन् । संयुक्त राष्ट्रसंघबाटै मान्यता प्राप्त जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवस नजिकिदै गर्दा योगले प्राथमिकता पाएको छ । अब पर्यटनका साथै मुक्तिनाथबाट योग पनि पाइनेछ।

यसअघि दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथमा भव्य स्वागत गरिएको थियो । नाकाबन्दीको पीडा भुलेर नेपालीहरूले उनलाई स्वागत गरेका थिए । त्यतिमात्रै होइन मोदीले पनि उनीहरूसँग हात मिलाउनुको साथै सेल्फी समेत खिचेका थिए ।

Published : Sunday, 2018 June 17, 7:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया