वीरगञ्जको मन जिते स्वास्थ्यमन्त्री यादबले, अस्पतालको मुहार फेरिने

वीरगञ्ज । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले वीरगञ्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् ।

मंगलबार निरीक्षणपछि मन्तब्य राख्दै स्वास्थ्यमन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणहरुको व्यवस्था नहुँदा सेवा प्रवाह प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

बिरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवको भनाई थियो ।

मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने पनि जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भईरहेको जनाएका स्वास्थ्य मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भईसकेको पनि बताए ।

उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भईसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए ।

स्वास्थ्यमन्त्री यादबले अस्पतालमा भएका सीमित उपकरणहरू र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीहरूले उच्चतम सेवा पु¥याइरहेको भन्दै प्रशंसा पनि गरे ।

Published : Tuesday, 2018 June 19, 8:28 pm

1 प्रतिकृया प्राप्त “वीरगञ्जको मन जिते स्वास्थ्यमन्त्री यादबले, अस्पतालको मुहार फेरिने”

  • यस नारायणी अञ्चल स्तरिय अस्पतालमा मा जुन भर्खर शुल्क वृद्धि भएको छ त्यो एक्दमै गरिब र बेरोजगार जन्ता माथी अन्याय भएको छ ।
    सरकारि अस्पताल को नामले चिनिने गरिब जन्ताहरु को स्वास्थय चेक जाच मा छुट गर्नु को सट्टा ढाड सेक्ने काम भएको छ । छिटो भन्दा छिटो यो शुल्क फिर्ता हुनु पर्यो । गरिब जन्ता लाई स्वास्थ्य चेक जाँच बाट बाट बन्चित गर्नु भएन ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया