लडाइँ जिते रवि लामिछानेले, झुके विरोधी र प्रेस काउन्सिल

काठमाडौं । चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नो अमेरिकन नागरिकता र पासपोर्ट परित्याग गरेका छन् ।

लामिछानेले असार ६ गते बुधबार नेपालस्थित अमेरिकन राजदूतावासमा पुगेर अमेरिकन नागरिकता परित्याग गरेका हुन् । लामिछानेले २ लाख ५८ हजार ५ सय दस्तुर बुझाएर अमेरिकन नागरिकता त्याग गरेकाप्रेस काउन्सिलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लामछिानेले सोको जानकारी अध्यागमन विभागलाई दिएका छन् । प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लामिछानेले अमेरिकन नागरिकता र पासपोर्ट परित्याग गरेकाले संविधान र पत्रकार आचार संहिताअनुसार काम गर्न निर्देशन दिइएको छ ।

लामिछानेका विरोधीहरूले केही गोप्य दस्तावेजहरू लिक गरेर बद्नाम गराउने प्रयास गरेका थिए । त्यति मात्रै होइन लामिछानेलाई जेल हाल्नेसम्मको योजना बुनेका थिए ।

लामिछानेको समर्थनमा उर्लिएको जनमत र सामाजिक सञ्जालको दवाव थेग्न नसकेर जिम्मेवार निकायमा बसेका तथा गोप्य दस्तावेज लिक गर्नेहरू डराएका थिए ।

काउन्सिलको विज्ञप्तिको भाषा नरम छ । लामिछानेका शुभेच्छुकहरूले विरोधी र प्रेस काउन्सिलका हर्ताकर्ताहरू झुकेको आरोप लगाएका छन् ।

विरोधीहरूको प्रहार हुन थालेपछि लामिछानेले प्रेस काउन्सिलको जिम्मेवार पदमा बस्ने, पित पत्रकारिता गर्ने, आत्महत्या हुने गरेर समाचार लेख्ने, ब्ल्याकमेलिङ गर्ने गरेको आरोप पनि लगाएका थिए ।

Published : Thursday, 2018 June 21, 6:08 pm

1 प्रतिकृया प्राप्त “लडाइँ जिते रवि लामिछानेले, झुके विरोधी र प्रेस काउन्सिल”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया