थारुलाई मात्रै लाग्ने रोग नियन्त्रणमा लापरवाही : गंगा चौधरी

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले थारु समुदायलाई मात्रै लाग्ने सिकल सेल एनिमिया रोगको उपचार र नियन्त्रणका लागि सरकारले ध्यान नदिएको आरोप लगाएकी छिन् ।

शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले सिकल सेल एनिमिया रोगप्रति अर्थमन्त्रीले जम्मा २५ लाख रुपियाँ छुट्याएको भन्दै आपत्ति जनाइन् ।

‘सिकल सेल एनिमिया रोग महामारीका रुपमा आएको छ’, उनले भनिन्, ‘अर्थमन्त्रीले रोग नियन्त्रण गर्न २५ लाख मात्रै छुट्टाउनु भएको छ । यो पैसा अत्यन्तै न्युन हो ।’

सिकल सेल एनिमिया रोग एउटै परिवार ४–५ जनासम्मलाई लाग्ने गरेको उदाहरण दिँदै सांसद चौधरीले भनिन्, ‘उपचार खर्चमा १ लाख पचास हजारसम्म खर्च हुन्छ । मान्छे बिरामी भयो भने घरजग्गा बिक्री गरेर उपचार गर्नुपर्ने बाध्यता छ । सरकारले किन यो रोगप्रति ध्यान दिएन ?’

सांसद चौधरीले सिकल सेल एनिमियाको उपचारको व्यवस्था जिल्ला–जिल्लामै गर्न माग गरिन् । उनले रोगको परीक्षणको व्यवस्थापको पनि माग गरेकी छिन् ।

Published : Friday, 2018 June 22, 3:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया