बालकृष्ण ढुंगेलको फेरि दिनगन्ती शुरु, डा.केसीद्वारा धर्ना

काठमाडौं । डा.गोविन्द केसीले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्दै ज्यानमारा बालकृष्ण ढुंगलेको माफी रद्ध गर्न माग गरेका छन् ।

सीमित शुभेच्छुकहरूसहित शनिबार माइतीघरमण्डला पुगेका डा.केसीले ज्यानमारा ढुंगेललाई आममाफी दिएर सरकारले संविधान र विधिको शासनको खिल्ली उडाएको आरोप लगाए । डा.केसीसँगै रहेका शुभेच्छुकहरूले ढुंगेलको माफी रद्ध गरेर जेल हाल्न माग गरिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

डा.केसीसँगै रहेकाहरूले बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्याक्ति हत्याको राजनीति बन्द गर, नागरिक स्वतन्त्रताको सम्मान गर भन्दै नारा लगाएका थिए ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ चित्तबुझ्दो नभएको डा.केसीले बताए । उनले भने, ‘शिक्षा मन्त्रालयले गरेको चिकित्सा शिक्षासम्बन्धी निर्णयहरूको औचित्य छैन ।’

स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्ष तोकिएको छ । केसीले २ वर्ष हुनुपर्छ भनेर माग गरेका छन् । उनले भने, ‘चिकित्सा शिक्षा ऐन जारी हुँदा अनिवार्य सेवाको अवधि २ वर्ष कायम गरिनुपर्छ ।’

शिक्षा मन्त्रालयले साझा प्रवेश परीक्षा र सिट निर्धारणसम्बन्धी सूचना निकालेकोमा ध्यान आकर्षण भएको बताएका छन् । चिकित्सा शिक्षा आयोग पूर्ण रुपमा सक्रिय नहुन्जेल काउन्सिल र विश्वविद्यालयले गरिरहेको काम यथावत् राख्नुको विकल्प नभएकोसमेत उनले बताएका छन् ।

स्वास्थ्य र शिक्षा मन्त्रालयले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै डाक्टर केसीले पुराना मागहरू स्मरण गराएका छन् ।

Published : Saturday, 2018 June 23, 5:47 pm

1 प्रतिकृया प्राप्त “बालकृष्ण ढुंगेलको फेरि दिनगन्ती शुरु, डा.केसीद्वारा धर्ना”

  • यो मान्छे सामाजिक अभियन्ता र अशल हो क्यारे भनेकोत कालो काङ्ग्रेसपो रहेछ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया