दाङको राप्ती गाउँपालिकामा विमानस्थल प्रस्ताव

मसुरिया । दाङको तुलसीपुरमा रहेको विमानस्थल सञ्चालन हुन नसकी रहेका बेला राप्ती गाउँपालिकाले आन्तरिक उडानका लागि विमानस्थलको माग गरेको छ ।

मसुरियास्थित मुख्यालयमा शुक्रबार बसेको गाउँपालिकाको कार्यसमितिको बैठकले भानपुर–बसन्तापुर क्षेत्रमा विमानस्थल बनाउन केन्द्र सरकारसँग माग गर्ने निर्णय गरेको हो । भानपुर–बसन्तापुरमा विमानस्थल निमाणका लागि उपयुक्त हुने गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

दाङको तुलसीपुरको विमानस्थल लामो प्रयास हुँदा पनि विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन । नारायणपुरमा नयाँ विमानस्थल बनाउन प्रस्ताव गरिएको छ । तर, नारायणपुरमा पनि विमानस्थल सञ्चालन हुनेमा धेरैले आशंका गरेका छन् । सबैभन्दा उपयुक्तस्थान देउखुरीमा हुने जनाइएको छ ।

केन्द्रमा कार्यान्वयनका लागि गाउँपालिकास्तरीय बृहद खानेपानी योजनाको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राप्ती नदीमा पर्यटन प्रबद्र्धनका लागि बोटिङ तथा कोरिडोरको व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । राप्ती चक्रपथ कालोपत्रेसहित ४ लेनको निर्माणका लागि पनि आग्रह गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले एकसय बेडको अस्पताल निर्माणका साथै भालुवाङ–लापे जोड्ने पुल निर्माणका लागि माग गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए । बैठकले वडा नं. ७ मा गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ ।

Published : Friday, 2018 July 6, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया