कांग्रेस निकट भुसाललाई हटाइ छाड्यो कम्युनिस्ट सरकारले

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल आइतबारदेखि पदमुक्त भएका छन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर भुसाललाई पदमुक्त भएको जानकारी गराएको हो । भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले बुझ्न मानेका थिएनन् ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

कांग्रेस नेतृत्वको सरकारको पालामा चार महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा पाँच महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

Published : Sunday, 2018 July 8, 11:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया