शैलीमा सुधार नगरे सरकारले चुनौती सामना गर्नुपर्छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा गरिएको दुर्व्यवहारलाई गम्भीरतापूर्वक लिएकोजनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेर घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको जनाएका हुन् । शर्माले उपकुलपतिलाई सरकारका तर्फबाट भएको दुर्व्यवहारले अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई असर पु¥याएको जनाएका छन् ।

‘क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निभाउने कार्यक्रम देशकै लागि महत्वपूर्ण थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले कार्यक्रमको महत्वलाई वुझ्न सकेन । यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पु¥याएको छ ।’

सरकारको यो व्यवहारको निन्दा गर्दै नेपाली कांग्रेस प्राज्ञिक क्षेत्रसंगै आमनागरिकसंगको व्यवहार र शैलीलाई सरकारले सच्याउन नसके आगामी दिनमा सरकारले झनै चुनौती सामना गर्नुपर्ने चेतावनी कांग्रेसले दिएको छ ।

क्यानडा जान हिँडेका संस्कृत विश्व विद्यालयका उपकुलपति कोइरालालाई प्रधानमन्त्री केपी ओलीले प्रहरीमार्फत शनिबार बालुवाटार बोलाएर झण्डै डेढ घण्टा राखेर मुक्त गरेका थिए । सो घटनाको चारैतिर विरोध भएको छ ।

Published : Sunday, 2018 July 8, 8:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया