कांग्रेसविरुद्ध महराको यति ठूलो षड्यन्त्र, बोलाइयो आकस्मिक बैठक

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीकै पछ्याउँदै सभामुख कृष्णबहादुर महराले संसदमा प्रमुख विपक्षी दलविरुद्ध दमनमा उत्रिएपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ ।

संसदको बिहीबारको बैठकमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका विषयमा कांग्रेसले गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गर्न खोजेको थियो ।

हत्यार बलात्कारका विषयमा गृहमन्त्री थापाले सदनलाई दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेपछि प्रश्न गर्न समय माग गरेका थिए ।

सभामुख महराले कांग्रेसलाई गृहमन्त्रीसँग प्रश्नउत्तरका लागि समय दिएनन् । सुरुमा कांग्रेसका सांसदहरूले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि समय दिने भनेका थिए । लगत्तै महराले संसदीय समितिहरू गठनको सूचना पढेका थिए ।

कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला सभामुख महराले सदस्यहरूको नाम पढेका थिए ।

त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवाडालाई बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरूले प्रश्न उत्तरको माग गरिरहे ।

सभामुख महराले ‘आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरू संसदको बैठक बहिस्कार गरेर बाहिरिएका थिए । कांग्रेसले संसद बैठक बहिस्कार गरेपछि बाध्य भएर महराले संसदको बिहीबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् ।

नेकपा र सभामुख महराको दमनका विरुद्ध रणनीति बनाउन कांग्रेसले शुक्रबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

Published : Thursday, 2018 August 2, 6:18 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसविरुद्ध महराको यति ठूलो षड्यन्त्र, बोलाइयो आकस्मिक बैठक”

  • बल्ल देख्न थाल्यो काङ्ग्रेसले ताेरीकाे फूल सत्ता बाहिर बस्दाकाे पीडा अअनि कम्युनिस्टको दुई तिहाइ बहुमतको सरकार अब ५बर्ष त रौ पनि हल्लाउन नसकिने भाे वा के गरौ अब १पटक बैठक त बस्नै प-याे नि।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया