मन्त्री यादवले अस्ताना र जेनेभाका दुई कर्याक्रममा सहभागिता जनाउने
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आधारभूूत स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काजखस्तानको अस्ताना प्रस्थान गरेका छन् ।
मन्त्री यादव सोमबार अस्तानातर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा नेपालको सहभागिताले स्वास्थ्यमा विश्वब्यापी पहुँच र दीगो विकासको लक्ष्य प्राप्तिका बिषयमा अन्तर्राष्ट्रियस्तरमा उच्च राजनैतिक प्रतिबद्वता व्यक्त हुने, प्राथमिक स्वास्थ्य सेवाको क्षेत्रमा सदस्य राष्ट्रहरुले गरेका प्रयास र उपलब्धिहरुको बारेमा सिकाईको आदान प्रदान हुनेछ ।
सदस्य राष्ट्रहरुबीच स्वास्थ्यमा विश्वब्यापी पहुँच सम्बन्धमा ब्यापक छलफल भई राजनैतिक प्रतिबद्धता जनाउने र आधारभूूत स्वास्थ्य सेवाको क्षेत्रमा विभिन्न राष्ट्रहरुले गरेको उपलब्धि, प्रयास र प्रगतिहरुमा छलफल भई सिकाईहरुको आदानप्रदान पनि हुनेछ ।
उपप्रधानमन्त्री यादव अक्टोबर ३१ र नोभेम्बर १ मा स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने वायु प्रदुषण र स्वास्थ्य विषयक कार्यक्रममा सहभागी हुनेछन् ।
सम्मेलनमा विभिन्न राष्ट्रहरुबीच वायु प्रदुषण र स्वास्थ्यको क्षेत्रमा भएका तथ्य, खाडल र समाधानका बिषयमा नेपाल लगायत अन्य देशले गर्दै आएका कार्यहरुको सिकाई र अवसर आदान प्रदान हुने, वायु प्रदुषणको कारणबाट हुने वार्षिक ६० लाख मानवीय मृत्यु घटाउने लक्ष्यसहितको दीगो विकास लक्ष्य २०३० को बुँदा नं. ३, ७, ११, १३ का लक्ष्यहरु हासिल गर्नको लागि उच्चस्तरीय कार्ययोजना तय हुनेछ ।
अन्तर्राष्ट्रियस्तरका दुबै सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव कात्तिक १६ गने नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यसमा तपाइको मत