आफैले पढेको विद्यालय बनाउन जुटे गुल्मीका पूर्वविद्यार्थी

गुल्मी । शिक्षाविद् एवं बिभिन्न क्षेत्रका विज्ञहरुले गुणस्तरीय शिक्षाका लागि विशेष भूमिका निर्वाह गर्ने बताएका छन् ।

आदर्श माबि गुल्मी दिगाम पूुर्व विद्यार्थी मञ्चले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठपर्वको सन्दर्भमा आयोजना गरेको पुुनर्मिलन कार्यक्रममा सहभागी बिभिन्न क्षेत्रका विज्ञहरुले जति बढी गुणस्तरीय शिक्षाको विकास भयो त्यति राष्ट्रको समृद्धि र विकासका लागि सहयोग पग्ने बताएका हुन् ।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष एवं बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बृहत पुुनर्मिलन कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षाविद् लोकनाथ उपाध्ययायले गुणस्तरीय शिक्षाका लागि आफूहरुको तर्फबाट विशेष भूमिका निर्वाह गर्दै आएको बताए । उनले त्यसलाई थप प्रभावकारी बनाउन राज्यले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

न्यू होइराइजनका प्रमुख एवं आदर्श माबिका पूर्वप्रधानाध्यापक समेत रहेका उपाध्यायले आदर्श माबिबाट एलएलसी र एसईई गरेर बाहिर गएका विद्यार्थी, सचिवदेखि चिकित्सक, पत्रकारिता, प्राविधिक, सुरक्षा निकाय, इञ्जिनियरिन, पेशा व्यवसाय, शिक्षा, कलाकारिता, शिक्षा आदि क्षेत्रमा निर्णायक तहमा क्रियाशील रहेको बताए ।

आदर्श माबिमा २० वर्ष प्रधानाध्यापक भएर सेवा गरेका केशव सारुले माबिका पूर्व विद्यार्थीले राष्ट्रका महत्वपूर्ण ठाउँमा गरेको योगदान अतुलनीय रहेको भन्दै सबैले प्रशंसा गर्न लायक भएको उल्लेख गरे ।

पूर्व विद्यार्थी न्यू होराइजन पाल्पाका प्रमुख भेषराज सुबेदी, दीप बोर्डिङ बुटवलका प्रमुख टीकाराम न्यौपाने, वरिष्ठ समाजसेवी लोकबहादुर टण्डन, ऋणअसुली न्याधीकरणका अध्यक्ष मानबहादुर अर्याल, विद्यालयका प्रधानाध्यापक एवं मञ्चका सहसचिव गुनाखर ज्ञवाली, मञ्चका कोषाध्यक्ष एवं वरिष्ठ व्यवसायी छबि पाण्डे, मञ्चका सचिव दुरसंचार प्राधिकरण संचालक समितिका सचिव रेवतीराम पन्त, पूर्व विद्यार्थी एवं छत्रकोट गाउँपालिकाका वार्ड नं. ४ का वडाध्यक्ष डिलाराम न्यौपाने, संचालक समितिका अध्यक्ष हिमलाल न्यौपाने लगायतले विद्यालयको वृद्धि र शिक्षाको विकासका लागि आफ्नो क्षेत्रबाट विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

बृहत पुुनर्मिलन कार्यक्रमबाट वरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड अफ डाइरेक्टर टंक पन्तको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षतामा पिताम्बर अर्याल, सचिवमा रेवतीराम पन्त, सहसचिव गुनाखर ज्ञवाली, कोषाध्यक्षमा छबि पाण्डे र सदस्यहरुमा नुरापति भण्डारी, हुमलाल भटराई, सुरेश खनाल, विष्णु पन्त, विशाल न्यौपाने, मात्रिका पोख्रेल, विष्णु अर्याल, भगवती भण्डारी, ध्रुव पन्त, कामना न्यौपाने चयन भएका छन् ।

विद्यालयको प्रांगणमा मञ्च, प्रतिक्षालय, पश्चिमतर्फ पर्खाल निर्माणका लागि कोषाध्यक्ष छबि पाण्डेको संयोजकत्वमा निर्माण समिति पनि बनाइएको छ ।

कार्यसमितिको सल्लाहकारमा लोकनाथ उपाध्याय, केशव सारु, लोकबहादुर टण्डन, महादेव पन्त, भेषराज सुबेदी, टीकाराम न्यौपाने, रामप्रसाद खनाल, नवनिधि पन्त, बालकृष्ण अर्याललाई राखिएको छ ।

Published : Wednesday, 2018 October 24, 4:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया