निर्मला हत्या प्रकरण : एसपीको स्पष्टीकरणले चकित बनायो
काठमाडौं । निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले गृहमन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।
विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ ।
स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।
एसपी विष्टले दिएको बयानबाट प्रहरी मुख्यालय नै चकित परेको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।
छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको छ ।
Published : Wednesday, 2018 October 24, 7:15 pm
यसमा तपाइको मत