‘दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउँदा मातृमृत्युदर घट्यो’
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काजखस्तानको अस्तानामा आयोजित दुईदिने प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा भाग लिएका छन् ।
बिहीबार अर्थात अक्टोबर २५ तारिख शुरु भएको सो सम्मेलनमा मन्त्री यादवले सम्बोधन समेत गरेका छन् ।
यादबले विभिन्न बाधा, कठिनाई, राजनैतिक अस्थिरताको बाबजुद पनि ४० वर्षअघि ‘अल्मा एटा’ (Alma Ata) घोषणमा शुरुवात गरिएको रणनीति तथा अवधारणाको कार्यन्वयन निरन्तर रुपमा भइरहेको जानकारी दिए ।
विश्व प्राथमिक स्वास्थ्य सेवा अभियानको कारणले गर्दा नै नेपालले स्वास्थ्य सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको उनले बताए । ‘ई.सं १९९० मा नेपालको मातृ मृत्युदर ८५० बाट सन् २०१६ मा २०३९ प्रति लाख जीवित जन्ममा झरेको छ’, मन्त्री यादबले सम्बोधनका क्रममा भनेका छन् ।
‘हाम्रा प्राथमिक्ताका क्षेत्रहरू देशभर प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै व्यापक स्वास्थ्य सेवाको एकीकृत अवधारणा अन्तर्गत गर्भावस्थाको स्याहार, सुत्केरी स्याहार, सुरक्षित गर्भपतन, दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने, स्वास्थय संस्थामा सुत्केरी गराउने आदिले गर्दा मातृमृत्युदर कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको सन् २०३० को विकासको लक्ष्यहरू प्राप्तिको लागि सामूहिक उतरदायित्व बहन गर्दै राष्ट्रहरूले दिगो विकासको लक्ष्य प्राप्तिको लागि लक्ष्य १, २, ६, १६ र १७ पनि हासिल गर्नु उतिकै जरुरी छ ।’
उनले नेपालले आधारभुत स्वास्थय सेवाको सुनिश्चिित गर्न भर्खरै मात्र जनस्वास्थ्य ऐन २०१८ पारित गरेको बताए । साथै आधारभुत स्वास्थ्य सेवाको प्याकेजलाई पनि परिभाषित गर्ने क्रम अन्तिम चरणमा पुगेको मन्त्री यादबको भनाइ छ ।
त्यसैगरी स्वास्थ्यमा सर्वसाधारणमा पर्ने आर्थिक भारलाई कमगर्न स्वास्थ्य बीमा योजना लागू भइसकेको पनि उनले बताएका छन् ।
‘हाल देश संघीय संरचनामा गएकोले तीन तह, प्रवद्र्धनात्मक, चिकित्सक, पुनःस्थापक सेवा प्रदान गर्न देशभरि नै प्राथमिक तथा आधारभुत स्वास्थय सेवा नेटवर्कलाई सुदृढीकरण गर्नु जरुरी छ’, उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले भनेका छन् ।
यादबले विश्वव्यापी स्वास्थ्य पहुँचको सफलताको अनुगमन गर्दा हामीले स्वास्थ्यलाई असर पार्ने सामाजिक र आर्थिक पक्षलाई पनि ध्यान दिन जरुरी रहेको बताएका छन् ।
‘सामासजक तहका विविघताहरुलाई कसरी सम्बोधन गर्ने भन्ने कुरालाई ख्याल राख्नसपर्छ’, उनले भनेका छन्, ‘नेपाल अति कम विकसित र भूपरिवेश्ठित देश भएकोले स्वास्थ्यमा थेप्रै समस्या र आर्थिक कठिनाईसँग जुध्नु परेको छ । यस्तो अवस्थामा विकसित राष्ट्र तथा दातृ निकायहरुको सहयोग हुनेछ भन्ने नेपालले विश्वास राखेको छ ।’
सम्मेलनमा काजखस्तानका स्वास्थ्यमन्त्री डा.यलजाहन बिरटानोभ, डब्लुएचओ डी.जी. डा.टेडरोस, काजखस्तानका प्रधानमन्त्री बखयत्जान सापिन्टायर, नेपालका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादब, युनिसेफका ई.डी. इनहिसिफा फोरे, एण्डगुभिट्स, एमएफआरइएफका सीएसओ गिहिटाली लगायतको सहभागिता रहेको थियो ।
यसमा तपाइको मत