दुई प्रहरी बर्खास्थ गरेकोमा के भन्छन् निर्मलाका बुवा ?

काठमाडौं । निर्मला पन्तका बुवा यज्ञराज पन्तले प्रहरीलाई सेवाबाट हटाएर आफूहरूले न्याय नपाउने प्रतिक्रिया दिएका छन् ।

निर्मलालाई बलत्कारपछि हत्या गर्ने दोषीलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने उनले माग गरे ।

सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदीश भट्टलाई बिहीबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

निर्मलाका बुवा यज्ञराजले भने प्रहरीलाई जागिरबाट हटाउनुभन्दा पनि निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

Published : Friday, 2018 October 26, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया