चीनमा के सन्देश बोकेर गए यी कम्युनिस्ट नेता ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ एक महिनाको फरकमा दोस्रो पटक चीन प्रस्थान गरेका छन् ।
पाँच दिनको भ्रमणका लागि श्रेष्ठ मंगलबार चीन प्रस्थान गरेका हुन् । उनले कम्बोडियाको कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिनेछन् ।
गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा सामेल हुनेछन् ।
प्रवक्ता श्रेष्ठले त्यहाँका वौद्धिक समुदायसँग अन्तरक्रिया गर्नेछन् । कात्तिक १२ गतेको स्थायी समितिको बैठकमा भाग लिने गरी श्रेष्ठ स्वदेश फर्कनेछन् ।
नेकपाको केन्द्रीय सचिवालयको बैठक सकिएको दोस्रो दिन प्रवक्ता श्रेष्ठ चीन प्रस्थान गर्नुलाई रहस्यका साथ हेरिएको छ ।
कम्युनिस्ट सरकारले विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी विनाप्रतिस्पर्धा बनाउन दिने तयारी गरेसँग प्रवक्ता श्रेष्ठ दुई पटक चीन गइसकेका छन् ।
यसमा तपाइको मत