भारतको राजादेपुरमा नेपालीहरूको मृत्यु
काठमाडौं । भारतको गोरखपुरमा नेपालीहरू सवार रहेको कारलाई गाडीले ठक्कर दिँदा एकै परिवारका चार जना नेपाली नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा परी तीनजना घाइते भएका छन् । गोरखपुरदेखि वारणासीतर्फ गइरहेको कारलाई राजादेपुरमा गाडीले ठक्कर दिँदा सिन्धुलीका ४१ वर्षका नवीन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुवा गोरख श्रेष्ठ र भाई उपेन्द्रको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्ला घर भएका उनीहरू सवार रहेको कारलाई अर्को गाडीले ठक्कर दिएको थियो । भारतीय सञ्चारमाध्यम दैनिक ट्रिव्यूनका अनुसार घाइते तीनजनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
Published : Tuesday, 2018 October 23, 1:22 pm
यसमा तपाइको मत