पार्टी फुटेपछि के भन्छन् रविन्द्र मिश्र ?

काठमाडौं । विवेकशील साझा पार्टी विभाजन भएपछि रविन्द्र मिश्रले दुखद् घटना भएको प्रतिक्रिया दिएका छन् ।

दोस्रो संयोजक उज्जवल थापाले शुक्रबार निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गरेपछि मिश्रले यो घटनालाई दुखद् अवस्था भएको बताएका हुन् ।

प्रवक्ता सूर्यराज आचार्य शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका मतभिन्नताहरूलाई सम्बोधन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नभई संयोजक थापाले नयाँ दल दर्ता प्रक्रिया थाल्नुले आश्चर्यचकित पारेको बताएका छन् ।

‘हामीलाई आशा एवं विश्वास थियो, आगामी बैठकमा संयोजक थापालगायत केन्द्रीय सदस्यले आफ्ना भनाइ राख्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘केही असन्तुष्टि रहेका भए छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद् अवस्था हो ।’

प्रवक्ता आचार्यका अनुसार पार्टी केन्द्रीय समिति बैठक पुस ३० गतेलाई बोलाएको छ ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट थापा समूहका १६ केन्द्रीय सदस्यले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

पार्टीका केही नेताहरू बाहिरिएपछि प्रवक्ता शर्माले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात भएको भन्दै प्रवक्ता आचार्यले पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवा र मतदाताप्रति पनि अन्याय भएको टिप्पणी गरेका छन् ।

थापा समूहले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्‍याएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्यांकन गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील रहेको प्रस्ट्याएका छन् ।

उनले आगामी बैठकले पार्टीको राजनीतिक तथा सांगठनिक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्ने विश्वास दिलाएका छन् ।

उनले पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहने विश्वासमेत व्यक्त गरेका छन् ।

Published : Friday, 2019 January 11, 8:58 pm

1 प्रतिकृया प्राप्त “पार्टी फुटेपछि के भन्छन् रविन्द्र मिश्र ?”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया