कांग्रेसलाई ठूलो पार्टी बनाइने, अब सस्यता खुला गरिने
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ सदस्यता वितरणलाई अगाडि बढाउने तयारी गरेको छ ।
माघ १० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले नयाँ सदस्यता वितरण अभियान अगाडि बढाउनेछ ।
कांग्रेसको महासमिति बैठकले नयाँ विधान पारित गरेपछि कांग्रेसले सदस्यता वितरण सुरु गर्न लागेको छ । १० गतेको केन्द्रीय समिति बैठकले महासमितिबाट पारित विधानसहित अन्य ४ दस्तावेज अनुमोदनसमेत गर्नेछ ।
अनुमोदन भएसँगै लागू हुने भएकाले नयाँ विधानको व्यवस्थाअनुसार कांग्रेसले सदस्यता वितरण थाल्न लागेको हो ।
यसका लागि सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेतासँग अनौपचारिक सल्लाह समेत थालेका छन् । तीन दिन अगाडि मात्र सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारीको अनौपचारिक बैठक गरेका छन् ।
बैठकमा नेविसंघमा देखिएको समस्यासँगै आगामी केन्द्रीय समिति बैठकबारे छलफल भएको थियो ।
कांग्रेसको नयाँ विधानअनुसार अब सदस्यता वितरण वडा तहबाटै हुने व्यवस्था छ । वडा कमिटीले सदस्यताका लागि आवेदन संकलन गर्नेछ ।
कांग्रेसले प्रशिक्षण र जागरण अभियानसमेत थाल्ने बताएको छ । पार्टी सदस्यता पाएको एक वर्षपछि हुने नवीकरणअनुसार उनीहरू स्वतः क्रियाशील सदस्य बन्ने व्यवस्था छ ।
क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि छान्ने भएकाले शीर्ष नेताको चासो र सरोकार केन्द्रदेखि जिल्लासम्मकै नेतासम्म बढी देखिन्छ ।
यसअघि कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर बारम्बार समस्या उत्पन्न भएको थियो ।
सदस्यता वितरणसँगै कांग्रेसले प्रशिक्षण र जागरण अभियानसमेत थाल्ने बताएको छ ।
यसअघि नै कांग्रेसको नीति तथा प्रशिक्षण प्रष्ठिानले महासमिति बैठकपछि पार्टीको तल्लो तहसम्म प्रशिक्षण अभियान गर्ने तयारी थालिसकेको जनाएको थियो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी केन्द्रीय समिति बैठकले पार्टीको तल्लो तहसम्म अनेकौं अभियान ल्याउने योजना रहेको बताएका छन् ।
सदस्यता कता बाट बितरन गर्ने हो पत्रकार ज्यु हरुले तेश सम्बन्ध मा स्पष्ट रुप मा सोधिदिदा अझ राम्रो हुन्थ्यो कि