सेनाबाट थारुमाथि भएको अन्यायबारे शान्ता चौधरीले एक शब्द बोलिनन्

काठमाडौं । नेपाली सेनालाई टुँडीखेल नदिएका कारण काठमाडौंमा थारु समुदायले माघी महोत्वस मनाउन नपाउने अवस्था सिर्जना भैरहेका बेला सत्तारु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद एवम् नेतृ शान्ता चौधरीले बेवास्ता गरेकी छिन् ।

आइतबार बसेको संसदको बैठकमा शून्य समय लिएर धारण राखेकी सांसद चौधरीले ‘माघी पर्वको अवसरमा देश विदेशमा रहनुभएका थारु समुदायलाई शुभकामना छ’ मात्रै भनेकी थिइन् ।

तर, सांसद चौधरीले सेनाबाट थारु समुदायमाथि भएको अन्यायका बारेमा एक शब्द पनि बोलिनन् । नेकपाको नेतृ समेत रहेकी चौधरीले सेनाले टुँडीखेलमा माघी महोत्सव गर्न नदिएको बारेमा केही बोल्छिनकी भनेर धेरैले आशा लिएका थिए ।

टुँडीखेल नदिएको विषयमा सांसद चौधरीले एक शब्दा पनि नबोलेपछि धेरै थारु अगुवाहरूले चिन्ता जनाएका छन् ।

सत्ताको आडमा नेपाली सेनालाई दवाव दिएपछि टुँडीखेल थारु कल्याणकारिणी सभालाई नदिएर नेपाल मगर संघलाई टुँडीखेल उपलब्ध गराइएको छ ।

गारु अभियन्ता र नेताहरूले सेनाबाट भएको अन्यायपूर्ण व्यवहारको विरोध गरेका छन् । थारु युवाहरूले सामाजिक सञ्जालमा सेना र सत्ता पक्षको विरोध गरिरहेका छन् ।

Published : Sunday, 2019 January 13, 1:08 pm

1 प्रतिकृया प्राप्त “सेनाबाट थारुमाथि भएको अन्यायबारे शान्ता चौधरीले एक शब्द बोलिनन्”

  • jati khera khana man lagyo teti khera bhat pakdaina agadi pakaunu parchha tesaile agadi yojana garera janu upaukta hola.
    kunai pani kam garna yojana tayar garnu parchha.Disa lagyo bhane jatapani hagna paidaina toilet ma hagna parchha tesko lagi pailenai toilet banaunu parchha haina ra ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया