जम्बो टोलीसहित ओली युरोप जाँदै

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली माघ हप्ता साता स्विट्जरल्याण्ड जाने भएका छन् ।

ओली वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्याण्ड जान लागेका हुन् ।

फोरमको वार्षिक बैठक माघ ८ देखि माघ ११ सम्म स्विट्जरल्याण्डको डावोसमा हुनेछ ।

ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जनाको जम्बो टोली स्विट्जरल्याण्ड जानेछ ।

ओलीले बैठकमा स्ट्राटेजिक आउटलुक अन साउथ एसिया सत्रको छलफलमा सहभागी हुनेछन् । कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बिओन्ड दी जीडीपी सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।

भ्रमणका क्रममा ओलीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।

ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको छ ।

ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको छ । त्यसको पनि तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् ।

फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो ।

Published : Sunday, 2019 January 13, 10:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया