भारतद्वारा अपाङग नेपालीलाई कृतिम हातखुट्टा प्रादान
काठमाडौं । महात्मा गान्धीको १५०औं जन्म जयन्तीको क्रममा भारतीय राजदूतावास काठमाडौंले पुस २९ गतेदेखि काठमाडौं तथा नवलपरासीमा कृतिम खुट्टा तथा हातको शिविर आयोजना गर्दैछ ।
भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुर भारत तथा चौधरी फाउण्डेसन नेपालको सहकार्यमा भारत सरकार परराष्ट्र मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक साझेदारी कार्यक्रम अन्तर्गत उक्त शिविर आयोजना हुन गइरहेको हो ।
नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीले पुस २९ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा शिविरको उद्घाटन गरेका छन ।
उद्घाटन समारोहमा भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुर भारतका संस्थापक तथा संरक्षक–प्रमुख डीआर मेहता तथा चौधरी फाउण्डेसन नेपालका अध्यक्ष एवं सांसद विनोद चौधरी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
उनीहरुले हातखुट्टा नभएका व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा प्रदान गरेका छन । दोस्रो शिविर नवलपरासीको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा आयोजना गरिनेछ । सो शिविरमा अपाङ्गता भएका कूल ५०० जनालाई कृत्रिम हातखुट्टा निःशुल्क रुपमा प्रदान गरिनेछ ।
महात्मा गान्धीको १५०औं जन्म जयन्ती मनाइरहेको अवस्थामा महात्मा गान्धीकोे मानवता प्रतिको सेवा सम्मान स्वरुप भारत सरकार परराष्ट्र मन्त्रालयले शिविरको सुरुवात गरेको छ ।
यस कार्यक्रमले भगवान महावीर विकलाङ्ग सहायता समिति सँंगको सहकार्यमा विश्वव्यापी रुपमा सञ्चालन गरिने शिविर मार्फ़त गान्धीको स्नेह, सहयोग तथा सेवाको दर्शनलाई केन्द्रित गर्दछ ।
सन् १९७५ मा स्थापित तथा ’जयपुर फुट’ नामले परिचित भगवान महावीर विकलाङ्ग सहायता समिति कृत्रिम हातखुट्टा सामाग्री उत्पादन गर्ने विश्वको ठूलो संस्थाहरुमध्येको एक हो ।
जसले हालको मिति सम्म भारत तथा विश्वभर १७.३ लाख विकलाङ्गहरुलाई सेवा प्रदान गरिसकेको छ । हातखुट्टा विश्वमा सबैभन्दा बढी प्रयोग हुने कित्रिम अंग हो ।
यसमा तपाइको मत