दाङका भण्डारीलाई सहयोग गर्न कोमल ओलीको अपील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा सदस्य कोमल ओलीले बोनम्यारोको समस्याबाट पीडित दाङ जिल्ला निवासी रोमहर्ष भण्डारीलाई सहयोगका लागि अपील गरेकी छिन् ।

सांसद ओलीले ललितपुरको सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर भण्डारीलाई सहयोगका लागि अपील गरेकी हुन् । उनले देश विदेशमा रहेका नेपाली र सहयोग गर्न इच्छुकहरूलाई भण्डारीलाई आर्थिक सहयोग गर्न अपील गरेकी हुन् ।

गायिका समेत रहेकी सांसद ओलीले भण्डारीलाई दश हजार नगद सहयोग दिएकी छिन् । सोही पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगैँ निवासी भण्डारीलाई बोनम्यारोको समस्या रहेको छ ।

६० वर्षीय भण्डारीको बोनम्यारोको शल्यक्रिया नयाँदिल्लीमा गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएपछि आर्थिक सहयोगका लागि आग्रह गरिएको छ ।

भण्डारीको बोनम्यारोको उपचारका लागि शल्यक्रिया गर्न मात्रै १६ लाख भारतीय रुपियाँ अर्थात झण्ड ३२ लाख नेपाली रुपियाँ खर्च हुन्छ ।

बोनम्यारोबाट पीडित भण्डारीले सहयोगका लागि बैंक अफ काठमाडौंमाको खाता नं. ०५१९००००२५०७५२४ मा आर्थिक सहयोग गर्न सकिने बताएका छन् ।

उनले कसैले सहयोग गर्न चाह्यो भने आफूलाई सिधै ९८४७८३१२३२ मा फोन गरेर सहयोग गर्न सक्ने पनि बताएका छन् ।

Published : Monday, 2019 January 14, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया