कांग्रेसका जनप्रतिधिनिहरूद्वारा दाङमा न्यानो कपडा वितरण, कम्युनिस्टहरूलाई तनाव
तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा ३ एउटा सरकारी विद्यालयका दुई सयभन्दा धेरै बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाली कांग्रेसका नेता एवम् प्रदेश सांसद डिल्लीबहादुर चौधरीले वडाको तर्फबाट तुलसीपुर उपमहाननगरपालिका वडा नम्बर ५ सुन्दरनगरस्थित श्री ज्ञानज्योति प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
विद्यालयमा सोमबार आयोजित कार्यक्रममा गरिव तथा विपन्न आयस्रोत भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले जानकारी दिए ।
प्रदेश ५ का प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति समेत रहेको कांग्रेसका नेता चौधरीले बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले बालबालिका भविष्यको कर्णधारहरू रहेको भन्दै उनीहरूले नै देश बनाउने बताए । ‘बालबालिकालाई पढ्ने वातावरण मिलाइदिनुस्, त्यसमा के कति सहयोग चाहिन्छ म सहयोग गर्छु’, कांग्रेसका नेता चौधरीले भनेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवारहरूले जितेका छन् । प्रतिनिधि सभामा पनि तत्कालीन एमालेले जितेको छ । प्रदेश ५ को मुख्यमन्त्री पनि दाङकै प्रदेश सभा सदस्य शंकर पोखरेल छन् ।
कम्युनिस्टहरूले केही गर्न नसकेको भनेर गुनासो आइरहेका बेला कांग्रेसका जनप्रतिनिधिहरूले आफ्नो गच्छेअनुसार गरिव र विपन्न बालबालिकाहरूलाई जाडोका लागि न्यानो कपडा निःशुल्क वितरण गरेर राम्रो कामको शुरुवात गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले सस्तो लोकप्रियता हुने कार्य गर्ने गरेको आरोप छ । दाङ क्षेत्र नं. ३ का तत्कालीन एमालेबाट प्रतिनिधि समामा विजयी भएका सांसद हिराचन्द्र केसीले पनि आफ्नो क्षेत्रमा सिन्को पनि नभाँचेको आरोप छ । अर्का प्रदेश सांसद उत्तरकुमार ओलीले पनि जनताका पिरमर्का नबुझ्ने गरेको आरोप छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जाडोयाममा आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा नहुँदा विद्यालयको पढाइमा समस्या भएको बताए । उनले बालबालिकालाई जाडोबाट बचाउन वडाले न्यायो कपडा वितरण गरेको जानकारी दिए ।
गरिब तथा विपन्न वर्गका छोरा छोरी पनि यो देशका साझेदार भएको बताउँदै उनले बालबालिकालाई पढाइमा सहयोग गर्न आफूले जुन सकै बेला पनि तयार हुने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति मुकुन्द रिजाल, तुलसीपुर उद्योग वाणिज्य सघंका निर्वतमान अध्यक्ष विमल रिजाल, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रध्यानाध्यापक मेघराज घिमिरेको स्वागत मन्तव्यबाट शुर भएको कार्यक्रमको सहजीकरण शिक्षक विवेककुमार विकले गरेका थिए ।
ज्ञानज्योति प्राथमिक विद्यालयमा अतिविपन्न वर्गका ३ सय बढी बालबालिका अध्ययनरत छन् ।
यसमा तपाइको मत