दार्चुलामा छ महिनामा ५ सय ६८ सवारीलाई कारबाही
प्रकाशचन्द्र भट्ट
दार्चुला । अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाले चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनाको अवधिमा नियम विपरीत संचालनमा रहेका ५ सय ६८ सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको साउन देखी पुुस महिना सम्ममा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारबाही गरी ३ लाख ८० हजार ५ सय राजश्व समेत संकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाका ट्राफिक प्रहरी हरदेव खत्रीले जानकारी दिए ।
चालु आवको साउन महिनादेखि पुस मसान्तसम्म ट्राफिक नियमको उल्लंघन गर्ने ७८ मोटरसाइकल, १७ बस, ८२ ट्रक, ३ सय २८ जिप, ५८ टयाक्टर, १ ट्याङकर, १ टिप्पर, २ मिनीबस,१ जेसीबी गरी ५ सय ६८ सवारीलाई कारबाही गरिएको उनले बताए ।
सवारी कारबाहीबाट साउन महिनामा ८३ हजार ५ सय, भदौमा ५० हजार ५ सय, असोजमा ३८ हजार ५ सय, कात्तिकमा ७१ हजार ५ सय, मंसिरमा ६० हजार ५ सय र पुस महिनामा ६६ हजार गरी जम्मा ३ लाख ८० हजार ५ सय राजश्व संकलन भएको उनको भनाई छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्नेमा सबै भन्दा बढी जिप रहेको उनले जानकारी दिए । जिल्लाका स्थानीय रुटहरुमा संचालनमा रहेका जिपहरुले ट्राफिक नियम बढी उल्लंघन गरिएको पाइएको छ ।
यसमा तपाइको मत