वाइड बडी काण्डमा मुछिएका मन्त्री मध्यराति दिल्लीतिर उडे

काठमाडौं । वाइड बडी विमान खरिद घोटाला काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी भारत गएका छन् ।

अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जनवरी १५ देखि १६ सम्म आयोजना हुने समिटमा सहभागी हुन मन्त्री अधिकारी भारत गएका हुन् ।

मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएका छन् ।

Published : Tuesday, 2019 January 15, 9:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया