नेविसंघ बचाउन माग गर्दै देउवाको निवासमा धर्ना

काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थप गरिएको विरोधमा नेविसंघका नेता कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर धर्ना दिएका छन् ।

पटक–पटक म्याद थप गर्दा समेत बर्तमान कार्यसमितिले निर्वाचन गराउन नसकेको भन्दै उनीहरुले म्याद थपको विरोध गरेका हुन् ।

मोटरसाइकल र्‍यालीसहित नेविसंघ जिन्दावादको नारा लगाउँदै देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरूले म्याद थपको विरोध जनाएका हुन् । उनीहरूले देउवा निवास अगाडि धर्ना समेत दिएका थिए ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो । कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिने जनाएको छ ।

पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिको म्याद थप्न नहुने नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो ।

महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।

नेविसंघले हालसम्म ७७ जिल्लामध्ये १४ जिल्लाको मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ ।

Published : Thursday, 2019 January 17, 1:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया