कम्युनिस्ट सरकारले दियो चीनलाई महत्वपूर्ण योजना
काठमाडौं । कम्युनिस्ट सरकारले ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ ।
खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।
नेपालीमा चिनियाँ कम्पनीहरुले काम गर्न नसकेर धोका दिएका समाचारहरु आइरहेका बेला कम्युनिस्ट सरकारले चिनियाँ कम्पनीलाई अर्को ठूलो प्रोजेक्ट दिने निर्णय गरेको छ ।
नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने पनि उनले बताए ।
सरकारले भारतसँग रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
मन्त्रालयले जी टु जी प्रणाली अन्तरगत भारतसँग रेल किन्नेछ । जनकपुर कुर्था रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगे पनि रेलको टुंगो लागेको छ ।
सरकारले पानीजहाज सञ्चालन गर्नको लागि नेपाल पानीजहाजको कार्यालय स्थापना गर्ने र १६ जना कर्मचारीसहित कार्यालय पनि स्थापना गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीहरुले आफ्नो तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै लिने पनि निर्णय गरेको छ ।
सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
सरकारले लगानी सम्मेलन २०१९ आउँदो चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई ऐतिहासिक बनाउने र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सम्मेलनको भरपुर उपयोग गर्ने पनि निर्णय गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा शीतभण्डार बनाउन ५० लाख रुपियाँ दिने निर्णय पनि सरकारले गरेको छ ।
यसमा तपाइको मत