काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन सम्पन्न
काठमाडौं । भारतीय दूतावासद्वारा क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन गरिएको छ ।
सम्मेलन नेपाल तथा भारतका धेरै उद्यमी, लगानीकर्ता, प्रवर्द्धक, व्यवसायिक सल्लाहकारहरूको ध्यान आकृष्ट गर्न सफल रहेको छ ।
प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा जि फन्टका संरक्षक विष्णुप्रसाद रिमालले कार्यक्रमको उदघाटन गरेका हुन् ।
शनिबार दरबारमार्गस्थिट याक एण्ड यति होटेलमा भएको कार्यक्रममा सहभागीहरूलाई रिमालले सम्बोधन गरेका छन । जसमा दुवै राष्ट्रका यूवा उद्यमीहरुले सहभागिता जनाएका छन् ।
सम्बोधनकर्ताहरुमा भारतका विक्रान्त गुजनानी– संस्थापक ट्रान्स एसिया भेन्चर र यू फसष्ट भेन्चर, आदित्य घोष–प्रमुख कार्यकारी निर्देशक ओयो, वरुण सर्राफ, उद्यम कल्याणकारी र सुश्री थ्रीजा दोउ, प्रबन्धक (व्लीङक भेन्चर) लगायत छन ।
नेपालबाट सम्बोधनकर्तामध्ये रंजीत आचार्य, प्रमुख कार्यकारी निर्देशक हेमराज ढकाल, सहसंस्थापक तथा प्रबन्ध निर्देशक, आइएमइ ग्रुप, नरोत्तम आचार्य कार्यकारी निर्देशक, किंग्स कलेज, सुशील पोखरेल, प्रमुख कार्यकारी निर्देशक, सुष्मिता ग्रुप, सुश्री सन्तोषी राना– संस्थापक, विहानी सामाजीक भेन्चर, कुबेर चालिसे, संपादक कारोबार दैनिक र असगर अली, प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार असगर अली पनि रहेका छन ।
काठमाडौं, पोखरा, वीरगंज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेजस्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँचलाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएको छ ।
उद्यमीहरुले यस सम्मेलनमा भाग लिनका लागि दर्ता गराएका थिए । जसमध्ये ६सय जना छानिएका छन् । सो मध्ये १०० जनाले लगानीकालागी आफ्ना नव व्यवसायका सोचहरु प्रस्तुत गर्न इच्छा जाहेर गरे र ५२जनाको अडिसन लिइएको थियो ।
अन्तिम चरणमा एयरलिफ्ट टेक्नोलोजी, मेकर भयाली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुआतबारे प्रस्तुती गर्नेछन् ।
यसमा तपाइको मत