तरुण दलको कम्युनिस्ट सरकार विरोधी आन्दोलनलाई विदेशबाट समर्थन
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलद्वारा कम्युनिस्ट सरकारको गलत रबैयाविरुद्ध घोषणा भएको आन्दोलनप्रति नेपाली जनसम्पर्क समिति कतारले ऐक्यवद्धता जनाएको छ ।
नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष महामन्त्री मोहम्मद अजिज अलीले विज्ञप्ति जारी गरेर तरुण दलको सरकार विरोध आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । उनले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाउनु पर्ने जनाएका छन् ।
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले माघ ८ गतेदेखि माघको १४ गतेसम्म सात प्रदेशका राजधानीहरूमा विरोध र्याली र विरोध सभाहरू गर्दै छ ।
विरोध र्याली र विरोध प्रदशर्नका लागि तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीसहितका केन्द्रीय नेताहरू गन्तव्यतर्फ लागि सकेका छन् ।
कम्युनिस्ट सरकारले दुई तिहाईको दम्भमा भ्रष्टाचारलाई संरक्षण गरेको, अधिनायकवादतर्फ उन्मुख भएको, होली वाइन खुवाएको, वाइड बढी घोटालालाईका दोषीलाई संरक्षण गरेको, संसदको सर्वोच्चता नमानेको जस्ता आरोप लगाएर तरुण दलले आन्दोलन घोषणा गरेको छ ।
तरुण दलले माघ ८ गतेदेखिको विरोधी र्याली र विरोध सभाको देशभरि धमाधम तयारी गरिरहेका बेला विदेशमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले समेत विज्ञप्ति जारी गरेर ऐक्यवद्धता जनाएपछि तरुण दलका नेता तथा कार्यकर्तालाई झन् उत्साह थपिएको छ ।
यसमा तपाइको मत