कांग्रेसलाई कसैले पनि पराजित गर्न सक्दैनः देउवा

दमौली । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छाडातन्त्र मौलाएको भन्दै अब छिट्टै अनुशासन समिति बनाएर त्यसलाई अन्त्य गर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा देउवाले पार्टीको अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिएका हुन ।

देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए । ‘गुटउपगुटले पार्टीलाई क्षति पुर्‍याएको छ’, उनले भने, ‘महासमिति बैठकले पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिएका छौं ।’ पार्टीमा एक ढिक्का भए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उनले बताए ।

एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई उनले निर्देशन दिए । ‘महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट छ’, उनले भने, ‘विधानलाई समावेशी गरेका छौं ।’

अरक्षण कोटा पुरा गर्नका लागि पार्टी सदस्यताको आधार हुनुपर्छ । देउवाले पार्टी विधानविपरीत जिल्लाको विशेष अधिवेशन नगर्न पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई आग्राह गरेका छन । नेता जोशीले माघ ८ गते कांग्रेस विशेष जिल्ला अधिवेशन बोलाएका छन् ।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताए ।

Published : Sunday, 2019 January 20, 10:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया