कांग्रेस नेता गिरीले गरे दाङमा कम्युनिस्टहरू ‘मुर्छा’ पर्ने काम
घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिचाइँमन्त्री दीपक गिरीले गृहजिल्ला दाङमा दुई वटा विद्यालयमा आर्थिक सहयोग गरेका छन् ।
नेता गिरीले अश्वारा माविको शैक्षिक विकासका लागि ५१ हजार नगद दान गरेका हुन् ।
शैक्षिक तथा धार्मिक महोत्सवमा गिरीले ५१ हजार रुपियाँ दान गरेका हुन् ।
विद्यालयको स्तर उन्नतीका लागि आयोजित महोत्सवमा कांग्रेस नेता गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण शाहलाई रकम हस्तान्तरण गरेको जनाइएको छ ।
रकम हस्तान्तरण गरेपछि कांग्रेसका नेता गिरीले भने, ‘समग्र दाङको शैक्षिक र विकासका लागि हिजोका दिनमा जस्तै अहिले मेरो सहयोग रहन्छ । दाङको विकासमा मेरो म सधै सहयोग रहन्छ ।’
नेता गिरीले विद्यालयको शैक्षिक विकासमा टेवा पुगोस भनेर ५१ हजार रुपियाँ आर्थिक दान गरेकोमा तुलसिपुर उपमहानगरपालिका ८ का वडाध्यक्ष बेदु केसी र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष किरण शाहले सम्मान व्यक्त गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गिरीले खयरभट्टीस्थित जनज्योति प्राथमिक विद्यालयलाई भवन निर्माणमा सहयोगका लागि नगद २५ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । गाउँको विद्यालयको भवन अभावमा विद्यार्थीलाई पठन पाठनमा समस्या पर्दै आएको छ ।
नेता गिरीले विद्यालयलाई केके सहयोग चाहिन्छ भावी दिनमा आफ्नोतर्फबाट हुने सबै सहयोग गर्न तयार रहको प्रतिवद्धता जनाएका छन् ।
दाङबाट विजयी भएका तत्कालीन एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरू फर्केर गाउँमा नआएका बेला नेपाली कांग्रेसका नेता गिरीले गाउँगाउँमा पुगेर कार्यकर्ताको भावनाअनुसार काम गर्दै आएका छन् ।
दाङको क्षेत्र नं. ३ बाट विजयी भएका तत्कालीन एमालेका सांसद हीराचन्द्र केसीले ‘म विजयी भएँ भने तलव भत्ता लिने छैन’ भनेर मतदाताहरू समक्ष प्रतिवद्धता जनाएका थिए ।
तर, सांसद केसीले अहिलेसम्म त्यो तलव भत्ता के गरेका छन् कसैलाई जानकारी छैन ।
यसमा तपाइको मत