निर्मलाकी आमालाई विश्वप्रकाशले भने घत लाग्ने कुरा
महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले चाहने हो निर्मला पन्तका बलात्कारी र हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित निर्मला पन्तको घरमा सोमबार पुगेर कांग्रेसका प्रवक्ता शर्माले ओलीले चाहने हो भने हत्यारा पत्ता लाग्ने बताए । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तसँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने बताएका हुन् ।
उनले घटनाका बारेमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई सबै कुरा राम्रोसँग जानकारी भएको बताए । ‘प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोँचे निर्मलाका बलात्कार र हत्यारा चाँडै पत्ता लाग्छन्’, शर्माले भने, ‘यो घटनालार्ई कसैले राजनीतिक रङ दिनु हुँदैन ।’
उनले सरकारले पुँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको उल्लेख गरे । ‘प्रमाण मेट्नेलाई नै समात्ने हो भने सबै पत्ता लाग्छ’, शर्माले भने, ‘तर सरकारले पुँजीवादका कारण बलात्कार र हत्याको घटना भएको हो भन्नु गलत छ ।’
कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उनले बताए ।
दोषी पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरू सहयोग गर्न तयार रहेको शर्माले बताएका छन् । हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनी दिए ।
‘प्रतिपक्षले असहयोग गरेर हत्यारा पत्ता नलागेको भए सरकाले सहयोग माग्नुप¥यो हामी सहयोग गर्छौं’, उनले भने, ‘तर हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभए नेपाली कांग्रेस देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउन तयार छ ।’
यसमा तपाइको मत