रवि लामिछानेले घरमा भित्र्याए यी महिलालाई
काठमाडौं । सञ्चारकर्मी एवम् सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेले निकिता पौडेलसँग विवाह गरेका छन् ।
लामिछाने र पौडेलले सोमबार काठमाडौं जिल्ला अदालतमा कानूनी रुपमा विवाह गरेका हुन् । केही दिन अगाडि आफ्नी पत्नीसँग काठमाडौं जिल्ला अदालतबाटै सम्बन्ध विच्छेद गरेका लामिछानेले सोही ठाउँबाट नयाँ विवाह गरेका हुन् ।
‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एकअर्काका परिवार, आफन्त, नातागोताको छलफल, अनुमतिमा सोमबार (आज) निकिता पौडेलजी र मैले कानूनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौँ’, लामिछानेले फेसबुकमा स्टाटस र दुबै जनाको तस्बिर राखेर लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो ।’
‘हामी समस्त दर्शक, शुभ चिन्तक, परिवार इस्टमित्रहरूबाट एउटै मात्र कुरा चाहन्छौँ, आशीर्वाद । परम्परागत रुपमा हामी आउँदो वैशाखमा विवाह गर्ने छौँ । यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो’, लामिछानेले भनेका छन्, ‘कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौँ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोँचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौँ । र, हामी सबैबाट हाम्रो सुखद् दाम्पत्य जीवनका लागि शुभ कामना मात्र चाहन्छौँ ।’
रवि लामिछानेसँग विवाह गरेकी निकिता पौडेल गोपी कृष्ण फिल्म हल्का मालिक उद्धव पौडेलकी छोरी हुन् । उनी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष पनि हुन् ।
विवाह बन्धनमा बाँधिएका रवि लामिछाने र निकिता पौडेल दुबैको सम्बन्ध विच्छेद गरेर बसेको जोडी हो ।
यसमा तपाइको मत